चलचित्र ‘मेरी मामु’को ‘आमा’ बोलको शिर्ष गीत सार्वजनिक
चलचित्र ‘मेरी मामु’ को पहिलो शिर्ष गीत सार्वजनिक भएको छ। हिट सिरिज ‘प्रेमगीत’ निर्माता सन्तोष सेनले आफ्नै ६ बर्षिय छोरा आयुव सेनलाई लिड रोलमा ब्रेक दिएको फिल्म ‘मेरी मामु’को ‘आमा’ बोलको शिर्ष गीत आज सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबिच चलचित्रको गीत सार्वजनिक गरिएको हो । गीतमा चलचित्रका मुख्य कलाकारद्धय आयुव सेन र शारुक ताम्राकार फिचर छन् ।
भदौ १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा आयुवसँगै ‘प्रेमगीत २’ गर्ल अश्लेशा ठकुरी, शारुक ताम्राकार लिड रोलमा छन् भने कुसुम गुरुङले ‘मेरी मामु’ मार्फत अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् ।यम थापाको लेखन निर्देशन रहेको फिल्ममा भुवन चन्द, सानु ताम्राकार, दुर्गा मल्ल ठकुरी र दुई बाल कलाकार कृजन गौतम र शुभम बिष्ट लगायतका कलाकार को अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो