शनिवार घरबिदा नदिएपछि बिद्यार्थीद्वारा होस्टेलमै आत्महत्या प्रयास

नेपाल समाचार

तिलोत्तमा नगरपालिकाको शंकरनगरमा रहेको एड्भान्स स्टडी अफ साइन्सेज नर्सिङ कलेज प्रशासनले विद्यार्थीका सुविधा कटौती गरेपछि विद्यार्थी आन्दोलित भएका छन्।

कलेजमा अध्ययनरत विद्यार्थीलाई शुक्रबार साँझ ८ बजेदेखि शनिबार दिउँसो ५ बजेसम्म मोबाइल प्रयोग गर्न र शनिबार कलेज बाहिर (घर पनि) जान पाउने सुविधाबाट बञ्चित गरिएको बताइएको छ । यसबारे प्रश्न उठाउँदा दुव्र्यवहार भएको विद्यार्थीहरुको गुनासो छ।

मोबाइल चलाउन र शनिबार घर जान नपाएपछि एक जना छात्राले छात्राबासको बाथरुमभित्रै हात काटेर आत्महत्या प्रयास गरेपछि कलेज प्रशासन र विद्यार्थीबीच विवाद चर्किएको छ । कलेज प्रशासनको मनोमानी र दुव्र्यवहारका कारण विद्यार्थीले आत्महत्या प्रयास गरेको भन्दै छात्राहरुले होस्टेल वार्डेनको राजीनामा, नियमअनुसार विदाको दिन मोबाइल चलाउन र घर जान पाउनुपर्ने माग गर्दै आन्दोलित भएका थिए।

त्यही बाहनामा कलेज प्रशासनले सोमबारदेखि कलेजको पठनपाठन र होस्टेल अनिश्चितकालाका लागि बन्द हुने सूचना टाँसेपछि विद्यार्थीहरु थप आक्रोशित भएका छन्।

कलेजका प्रबन्ध निर्देशक चेतन भण्डारीले विद्यार्थीका कतिपय माग जायज भएको र कलेज प्रशासनबाट गल्ती भएको स्वीकार गर्दै वार्ताबाट समस्याको समाधान गरिने बताए।

स्वास्थ्यखबर बाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *