राशिअनुसार फरक हुन्छ महिलामा सेक्स चाहना

जानकारी / सुचना स्वास्थ्य

सेक्सले जुनसुकै प्राणीको जीवनमा पनि महत्व राख्छ । सेक्सविना सृष्टि असम्भव छ । यद्यपी सन्तान उत्पादनको लागिमात्र नभई मानिसलाई खुसी र सन्तुष्ट राख्नको निम्ती सेक्सको आवश्यकता छ । सेक्सको महत्वलाई सकरात्मक तवरले बुझ्ने हो भने यसबाट जीवनलाई सुखद् र मर्यादित बनाउन सकिन्छ । तर सेक्सलाई सम्भोग पनि भन्ने गरिन्छ । सम्भोगको अर्थ समान भोग गर्नु बुझिन्छ । अर्थात यौनसम्बन्धको समयमा दुबैले बराबर सन्तुष्टी पाउन सक्नु । यदि सेक्स गर्दा दुई मध्ये एकजना सन्तुष्ट हुन सकेन भने सम्बन्ध दिगो रहन सक्दैन । त्यसैले आफ्नो पार्टनरलाई सन्तुष्ट राख्न उसको मनोविज्ञानलाई बुझ्नु जरुरी हुन्छ । महिलाहरूको राशि अनुसार सेक्सको चाहनापनि फरक हुन्छ । त्यसैले तपाईंको पार्टनर कुन राशिको हो सोही अनुसारले सेक्स गर्न सक्नुहुनेछ ।

मेष राशि

यो राशिका महिलाको मुख र निधार एकदमै संवेदनशील हुन्छ । तपाईंले मुख र निधारमा चुम्बन गर्नु भयो भने उनीहरु चाँडै सेक्सको लागि तयार हुन्छन् वा महिलामा चाँडै यौन उत्तेजना बढ्दछ ।मेषराशिका महिलाहरु रातो रङप्रति ज्यादै आकर्षित हुन्छन् । त्यसैले यदि तपाईंको सेक्स पार्टनर मेषराशिकी छिन् भने यौन क्रियाकलाप गर्नु भन्दा अगाडि रातो रङको कपडा लगाउनु होस् ।

वृष राशि
यो राशिका महिला जति धेरै रोमान्टिक हुन्छन् त्यति नै धेरै समय यौन क्रियाकलापमा राजी गराउन समय लाग्दछ । त्यसैले तपाईंको सेक्स पार्टनर वृषराशिवाला छन् तर तपाईं चाँडै यौन क्रियाकलाप गर्ने सोच्नु हुन्छ भने तपाईंले दुःख पाउनु भयो अर्थात् तपाईंको यौनजीवन त्यति सहज हुने छैन जति तपाईं सोच्नु हुन्छ ।वृषराशिका महिलाको गर्धन निक्कै संवेदनशील हुन्छ त्यसैले सेक्स गर्नुअघि गर्धनमा चुम्बन वा स्पर्श गर्नु भयो भने निक्कै चाँडै उत्तेजना पैदा गर्न सक्नु हुन्छ । साथै यो राशिका महिला महङ्गा गहना लगाउन मन पराउने भएकाले सेक्सको लागि रिझाउन महङ्गा गहना खरिद गरिदिने पनि गर्न सक्नु हुन्छ तर आफ्नो खल्ती चाहिँ हेर्न नभुल्नु होला ।

मिथुन राशि
यो राशिका महिला सेक्सको लागि सधैँ सक्रिय रहन्छन् । यिनीहरु आकर्षक वस्तुप्रति निक्कै नै ध्यान दिने हुन्छन् । उनीहरुलाई हातमा चुम्बन गर्दा निक्कै आनन्द आउँछ । साथै यो राशिका महिलाहरु यस्तो रोमान्टिक ठाउँमा जान रुचाउँछन् जहाँ उनीहरुका पुराना कुरा याद आउन् ।

कर्कट राशि

यो राशिका महिला निक्कै भावुक र मानसिक रुपमा पनि संवेदनशील हुन्छन् । यसै कारणले पनि सेक्समा खासै रुची राख्दैनन् भने सेक्स गर्दा पनि भरपुर आनन्द लिन सक्दैनन् । यो राशिका महिलाहरु चन्चल स्वभावकका हुन्छन् । उनीहरु पार्टनरको भन्दा आफ्नो सन्तुष्टिकोलागि मात्रै क्रियाशिल रहन्छन् । तैपनि उनीहरुलाई ‘क्याण्डल लाइट डिनर’ निक्कै मन पर्ने भएकोले त्यहाँ लैजान सकिन्छ । कर्कटराशिका महिलाको स्तन सबैभन्दा संवेदनशील हुने भएकोले सेक्सको सुरुवात यहिबाट गर्नु उपर्युक्त हुन्छ ।

सिंह राशि

सिंहराशिका महिलालाई बनावटी कुराहरु वा देखावटी सौन्दर्य र चिजबस्तुहरुप्रति निक्कै आकर्षण हुन्छ । यिनीहरु रोमान्टिक वातावरणमा चाँडै र सजिलै घुलमिल हुनसक्छन् । यो राशिका महिलाहरु आफ्नो पार्टनरलाई आफूमाथि हावी हुन भने दिँदैनन् । यिनीहरुको पिठ्युँ सेक्सको लागि निक्कै संवेदनशील हुन्छ ।

कन्या राशि

यो राशिका महिला आफ्नो यौन इच्छालाई चाँडै बाहिर निकाल्न चाहँदैनन् तर भित्र भने सेक्सको भोक निक्कै हुने गर्दछ । यिनीहरुलाई पेटमा किस गर्न निक्कै मन पर्दछ । यौन सम्पर्क गर्नु भन्दा अघि उनीहरुलाई पेटमा स्पर्श गर्ने वा छुने गर्नु उपर्युक्त हुन्छ ।

तुला राशि
यो राशिका महिलाहरु सेक्सको लागि निक्कै नै छिटो तयार हुन्छन् । उनीहरुको राशि स्वामी शुक्र भएकोले पनि यस्तो भएको हो । शुक्रलाई यौनउत्तेजना बृद्धि गर्ने ग्रहको रुपमा लिइन्छ । यो राशिका महिलालाई सेक्सको बेला कुराकानी गर्न बिलकुलै मन पर्दैन । यिनीहरुको पिठ्युँको तल्लो भाग निक्कै संवेदनशील हुने भएकोले त्यहाँ स्पर्श गरेर सेक्सप्रति उत्तेजना जगाउन सकिन्छ ।

वृश्चिक राशि
यो राशिका महिला सेक्सको लागि निक्कै नै संवेदनशील हुन्छन् । उनीहरुलाई बडी मसाज मन पर्ने भएकोले मसाजबाटै चाँडै उत्तेजना पैदा गराउन सकिन्छ । धनुराशिधनुराशिका महिलाहरु धार्मिक प्रकृतिका हुन्छन् । यिनीहरुलाई रोमान्सको लागि एकान्त ठाउँ मन पर्छ । यो राशिका महिलालाई रोमान्टिक गीत, सेक्स फिल्म वा सेक्ससम्बन्धी कुराकानीबाट चाँडै प्रभावित गर्न सकिन्छ । यिनीहरुको जाँघ सबैभन्दा संवेदनशील हुन्छ ।

मकर राशि

यो राशिका महिलाको खुट्टा निक्कै संवेदनशील हुन्छ । खुट्टाको कुनै पनि भागमा किस गरेर वा स्पर्श गरेर उनीहरुलाई उत्तेजना बढाउन सकिन्छ । यिनीहरुलाई सेक्सको  दौरान कुराकानी गर्न बिलकुलै मन पर्दैन । यिनीहरुलाई रिझाउन घुमफिर गर्ने वा रोमान्टिक कुराकानी गर्न सकिन्छ ।

कुम्भराशि

यो राशिका महिलाको काँध तथा कुहिनो ज्यादै संवेदनशील हुन्छ । त्यसैले यो भागमा अलिकति पनि स्पर्श हुँदा उनीहरु चाँडै उत्तेजित बन्दछन् । यिनीहरुलाई रातीको समयमा नुहाइ धुवाई गरेर सेक्स गर्न निक्कै मन पर्छ । यिनीहरुलाई फरफ्युम पनि निक्कै मन पर्दछ ।

 

मीन राशि

यो राशिका महिलालाई आँखामा आँखा जुधाएर हेर्न ज्यादै मनपर्छ । यिनीहरुलाई थोरै जबरजस्ती वा थोरै चलेको पनि मन पर्छ । यिनीहरुको कुर्कुच्चा निक्कै संवेदनशील हुने भएकोले यहाँ मसाज गरेर पनि उत्तेजना बढाउन सकिन्छ ।

(यो सामग्री एजेन्सीको सहयोगमा तयार पारिएको हो । यहाँ उल्लेख भएअनुसार सबैको स्वभाव यस्तै हुन्छ भन्ने होइन । तपाईंको पार्टनरको स्वभाव कस्तो छ त्यो तपाईंले अध्ययन गर्ने कुरा हो । तैपनि तपाईंले अहिलेसम्म पार्टनरको सेक्स स्वभाव अध्ययन गर्नु भएको छैन र यसैकारणले सेक्सजीवनमा सन्तुष्ट हुनुहुन्न भने माथि उल्लेखित कुराहरुलाई अनुशरण गरेर हेर्न सक्नु हुन्छ । यो सामग्री प्रकाशन गर्नुको हाम्रो उद्देश्य तपाईंको यौनजीवनलाई सहज बनाउन केही सहयोग पुगोस् भन्ने नै हो ।)

नेपाल आज  बाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *