२४ वर्षपछि विश्वकपमा साउदी अरेबियाको जित

विश्व

काठमाडौं । इन्जुरी टाइमको गोलको मदतमा साउदी अरेबियाले विश्वकपमा इजिप्टलाई हराएको छ । उसको यो २४ वर्षपछि विश्वकपमा पहिलो जित हो ।

इजिप्ट भने अझै विश्वकपमा जितविहीन रहृयो ।

सोमबार भएको समूह चरणको खेलमा साउदी अरेबियाले इजिप्टलाई २-१ गोल अन्तरले हराएको हो ।

रुस विश्वकपको पहिलो खेलमा घरेलु टोलीसँग ५-० ले पराजित भएको साउदीले दोस्रो खेलमा सुधार गर्दै उरुग्वेसँग एक गोल मात्र खाएको थियो । तर, समूह चरणबाटै बाहिरिएको उसले अन्तिम खेललाई भने स्मरणीय बनाएको छ ।

खेलमा अग्रता भने इजिप्टले लिएको थियो । २२ औं मिनेटमा मोहम्मद सलाहले गोल गरे ।

४१ औं मिनेटमा साउदीले पेनाल्टी पायो । तर, अल मुवालेदको प्रहार इजिप्टका गोलकिपर इसाम अल हदारीले रोके । उनी विश्वकप खेल्ने पाका खेलाडी पनि हुन् ।

तर, पहिलो हाफको थपिएको समयमा अल फराजले साउदीका लागि पेनाल्टीमार्फत बराबरी गोल फर्काए । खेल बराबरीमा सकिने अनुमान भइरहँदा अल दोसारीले इन्जुरी टाएममा गोल गर्दै साउदी अरेबियालाई २-१ को जित दिलाएका छन् ।

विश्वकपमा साउदी अरेबियाको सन् १९९४ पछि पहिलो जित हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *