भाइको हत्या गरेर दाइ निवेदन लिएर पुगे प्रहरीमा

नेपाल समाचार

रूकुम पश्चिम : रुकुम(पश्चिम)मा एक व्यक्तिले आफ्नै भाइको हत्या गरेका छन् । आठबीसकोट नगरपालिका १२ ठुलिवार्खुका ५२ वर्षीय रुद्रे पुनमगरले सहोदर ३४ वर्षीय इन्द्रे पुनको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार राति भाइको हत्या गरेका रुद्रे बिहीबार बिहान आफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए । उनी भाइको हत्या गरेको निवेदनसहित कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरिक्षक सुमित खड्काले जानकारी दिए ।

दुई दाजुभाइ सदरमुकाम मुसीकोट खलंगाबाट घर जादै गर्दा बाँफिकोट गाउँपालिका ६ मग्मामा रहेको मामा घरमा बसेको र सोही ठाउँमा झगडा भएको थियो । अंशबण्डाको विषयमा विवाद हुँदा दुई भाइबीचमा झगडा भएको र चिर्पट प्रहार गरेर भाइको हत्या गरेको दाइ रुद्रेले स्विकारेको डीएसपी खड्काले बताए । इन्द्रेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *