आज मंगलबार मुक्तिनाथ मन्दिरको दर्शन गरौ आजको दिन शुभ मंगल दिन , तपाईको राशिफल

अन्य

 

वि.सं. २०७५ साल असार ५ गते। मंगलबार। इश्वी सन् २०१८ जुन १९ तारिख।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पति पत्नीबिचको सम्बन्धले दाम्पत्य जीवन सुखद रहनेछ । सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्‍याउला । अध्ययनमा उच्चता हासिल होला । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ । जग्गा जमिनको कारोबारले फाइदा गराउनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा) अध्ययनमा समय दिन नसस्दा अरूभन्दा पछि परिनेछ भने अरूकै लागि श्रम तथा शक्ति खर्च हुनेछ । रमाइलो वातावरणमा पनि मन खिन्न हुनेछ । साथीभाइ तथा आफन्त सँग विवाद बढ्ने योग रहेको छ ध्यान दिनुहोला । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा वैमनश्यता बढ्नेछ । व्यापार व्यवसायमा समय लगानी गरे पनि आम्दानी थोरै हुनेछ । दाजुभाइ तथा बन्धु सँग घरायसी कुरामा राय बाझिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) छोटो तथा रमाइलो यात्राको तय हुँनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरू भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुँनेछ भने एक अर्काको सहयोगले खोजमुलक विषयमा मन जानेछ । आम्दानी बढाउँन गरिने कामहरू समयमा नै सम्पन्न गरी आर्थिक स्थिति मजभुत पार्न सकिनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाम मुख कामिगर्न सकिनेछ । विवादित विषयहरू तपाइकै पक्षमा आउँने हुँदा मन प्रसन्न रहनेछ ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) साहित्य तथा कलाकारिता क्षेत्रमा समय खर्चिँदै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । बोलेर गर्ने कुनै पनि पेसा व्यावसाय फस्टाएर जानेछ भने काउन्सेलिङ,मोटिभेसन जस्ता क्रियाकलापमा भाग लिन तारिफ योग्ग प्रस्तुति दिन सकिनेछ । कुुटुम्ब,आफन्त तथा नजिकका मानिस सँग भेट भई पारिवारिक माहोलामा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापारमा समय दिए अनुसार आम्दानी नहुने हुँनादे दैनिक काम तथा थप लगानी गर्ने वातावरण बन्ने छैन । अध्ययन अध्यापनमा अल्छी गर्नाले नतिजा अरुतिरनै जानेछ । राजनीति तथा सरकारी कामकाजमा ढिला सुस्तीको चपेटामा परिने योग रहेको छ । जनताको काम गर्न सक्दा मान सम्मानमा वृद्धि हुँने भए पनि काम गर्नको लागि कसैको सहयोग पाइने छैन । आम्दानीको तुलनामा खर्च अधिक बढ्ने हुँदा आर्थिक व्यावस्थापन गर्न सहज हुँने छैन ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरामाईलो महसुस हुँनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । वैदेशिक यात्राको तय हुँनेछ भने विदेशी सामान तथा रुपैयाँ पैसा हातलागी हुँने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुले आजको दिन आफ्नो कामदेखि सन्तुष्ट हुनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समयमा अर्थ सङ्ग्रह गर्न सकिने हुँदा तथा आर्थिक अवस्था राम्रो रहने हुँदा अर्थ व्यापारमा लगानी गर्न सकिनेछ । आफ्ना भन्नेहरूले सहयोग गर्ने तथा दाजुभाइहरूको समर्थन राम्रा काम गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट राम्रै आम्दानी हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुने समय रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यु) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइनेछ । नयाँ काम पाउने तथा व्यापारमा प्रशस्त आम्दानी हुने हुँदा आर्थिक स्थिति सुदृड हुनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणण सम्बन्धको डोरो कसिलो भएर जानेछ । पैतृक सम्पत्ति तथा सरकारी सम्पत्तिको प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,डा,भे) धार्मिक तथा आध्यात्मक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तीरको यात्रा गर्न सकिनेछ । पढाई लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यावसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेको छ । पुराना काम सफलता पूर्वक सम्पन्न हुने हुनाले मन प्रसन्न हुनेछ । सानो सानो प्रयत्न गर्दा पनि मनग्गे आम्दानी हुनेछ भने व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुँनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरू साघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा) लामो दुरीको रमाइलो व्यावसायिक यात्रा हुने भए खर्चिलो हुनेछ । माया प्रेम तथा जीवन साथी सँग आत्मियताको कमी हुनेछ भने एक्लो पनको महसुस हुनेछ । साझेदारी व्यावसायमा अविश्वास सिर्जना हुनेछ भने आजको दिन व्यावसायमा लगानी नगर्नुनै राम्रो रहेको छ । पढाई लेखाइमा थोरै बढी समय खर्चिए भनेजस्तो नतिजा हात पार्न सकिनेछ । बिलाशि बस्तुको प्रयोग गर्न पाइने योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बन्द व्यापारबाट मनग्गे आम्दानी हुनेछ भने नयाँ उद्योगमा लगानी गर्ने अवसर आउनेछ । तपाईँको कुरा काट्ने तथा विरोध गर्नेहरु तपाइकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरू तपाइकै पक्षमा फैसला हुनेछन् । शरीर स्वास्थ्य रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिनेछ । पढाई लेखाइमा राम्रो नतिजाकाम साथ तपाईँको नाम अग्र स्थानमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *