चीनको प्रख्यात सिसा–पुलमा हङकङका नेपाली (फोटो फिचर)

प्रवास समाचार फोटो फिचर

आन्तरिक र विदेशी पर्यटकलाई लक्षित गरी चीनमा अहिले धमाधम सिसाका पुल बनिरहेका छन्। यस्ता पुल खासगरी साहसी पर्यटकका आकर्षण बन्दै गएका छन्।

भर्खर भर्खर हङकङबाट बाहिर घुम्न निस्कन थालेका हङकङका नेपालीले अब चीनका यस्ता आकर्षक ठाउँलाई आफ्नो गन्तव्य बनाउन थालेका छन्। सेन्जेन, ग्वान्झाओ, बेइजिङ, सांघाई हुँदै अब हङकङका नेपाली चीनका विभिन्न पर्यटक गन्तव्य चहार्न थालेका छन्।

यही क्रममा मिग अल्फा ट्राभल हङकङको संयोजनमा हङकङका केही नेपालीले झाङजाजी राष्ट्रिय पार्कको भ्रमण गरेका छन्, जहाँ आकर्षक सिसाको पुल समेत छ। हेर्दै रोमाञ्चक सिसाको पुलमा हिंड्दै नेपालीले त्यो क्षेत्रको पर्यटकीय भ्रमण गरेका हुन्, केही साता अघि।

‘पहाडको जंगल’ भनेर चिनिने यो ठाउँमा अग्ला अग्ला पहाडका बथान छन्। तिनै रोमाञ्चक पहाडमध्ये एउटा पहाडको ४,७०० मिटर उचाईमा छ ६० मिटर लामो सिसाको–पुल, जहाँ हिंड्न साहसी पर्यटक लालयित हुन्छन्। फोटोग्राफीका लागि रमाइला दृश्य भएको यी पहाडलाई ‘स्वर्गद्वारी पहाड’ पनि भनिन्छ, चीनमा।

यो क्षेत्रमा पुग्न ९९ घुम्ती भएको चीनको अत्यन्तै मनोरम दृश्य सहितको मोटर बाटो छ भने प्रतिघण्टा ३०५ किलोमिटर दौडने हाइस्पिड रेल पनि चढ्न सकिन्छ। चीनका जातीय अल्पसंख्यकको सांस्कृतिक प्रस्तुती यहाँको अर्को आकर्षण हो।

मिग अल्फा ट्राभलले हङकङका नेपालीलाई चीन, भियतनाम, लाओस, कोरिया, सिंगापुर लगायत देशमा यस्तो पर्यटकीय भ्रमणको संयोजन गर्दै आएको छ।

हेर्नुस्, घुमफिरका केही तस्बिरः

नेपालखबर बाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *