भारतीय एसएसबीले फेरि नेपाली कुटे । पूरा हेर्नुहोस

नेपाल समाचार

 

दार्चुला जिल्ला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुङ्ग पुलमा भारतीय एसएसबीको कुटाईबाट घाइते भएका महाकाली नगरपालिका–१ छापरी मलेराका ५२ वर्षीय नन्दनराम लोहार । तस्बिरः किरण धामी, दार्चुला

यो पनि हेर्नुहोस :कुटपिट गरेको एक साता नबित्दै आइतबार अपराह्न महाकाली नगरपालिका– ७ कञ्चनभोज निवासी २६ वर्षीय उत्तम सुनारलाई सीमावर्ती बजार मेलाघाटमा भारतीयहरूको एक समूहले निर्घात कुटपिट गरेको छ।

खटिमाको बैंकबाट पैसा झिकेर फर्किने क्रममा उनलाई कञ्चनभोजको सीमावर्ती भारतीय बजार मेलाघाटमा भारतीयहरुले लखेटीलखेटी कुटेको उत्तम सुनारले बताए। कुटपिटका कारणउनको दायाँ हात,खुट्टा र टाउकोमा समेत गम्भीर चोट लागेको छ। उत्तम सुनार र भाइ जनक सुनार खटिमाबाट पैसा झिकेर फर्किँदै गर्दा

मेलाघाट बजारमा अचानक पछाडिबाट आएको एक समूहले लठ्ठी र मुड्की प्रहार गरेर उत्तम र जनकलाई कुटपिट गरेका हुन्। कुटपिटपछि उत्तम बेहोश भएका थिए। होशमा आएपछि उत्तम सुनार र उनका भाइ जनकले भागेर ज्यान जोगाएका थिए। भारतीयहरुले उत्तम सुनारसँग रहेको मोवाईल र १४ हजार ८ सय रुपैयाँ लुटेर लगेको पीडित उत्तमले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *