पूर्व आईजीकी छोरीको दादागिरी_प्रयोग भए सशस्त्र प्रहरी, २ किलोमिटर नाङ्गै लखेटियो यिनलाई !(भिडियोसहित)

नेपाल समाचार

हरेक प्रदेश र सिंगो देशको नीति कार्यक्रम हेरीरहँदा यस्तो लाग्छ कि यो मुलुक अब रेलमय हुने भयो । सबका सब रेलका कुरा गर्छन् । रेल त अब इगो भसक्यो । अरु कुरा होस् नहोस् रेल चाही चाहियो चाहियो ।

ठिक छ प्रदेशै पिच्छेको एजेण्डा नै रेल हुने हो भने त्यसका लागि चाहिने तयारी खोइ ? कलेज, युनिभर्सिटी, इ्रन्टीच्युटहरुमा रेलको अध्ययन बारेका कोर्सहरु तयार पारिएको छ त ? ५ बर्ष म्याण्डेट पाएको दुइ तिहाई बहुमतको सरकारले चाहने हो भने रेल ठुलो कुरै होइन । तर के पटरी लाग्दैमा रेल कुद्छ ? के अपरेटर, मर्मत सम्भारकर्ता, पाटपुर्जा टेक्नोलोजी सबका सब भारतबाट ल्याउने ? चाइनबाटै रेल ल्याउँदा पनि कत्रा कत्रा पहाड फोडेर कयौ टनेलहरु बनाउनु पर्छ । त्यो सानो खर्चले बन्छ ?

बिकास भनेकै रेल हो भन्ने एकोहोरो तर्कका अगाडि हाम्रो तर्क झिनो मसिनो लाग्दो हो तर दुखको कुरा यो छ कि यो देशका कुनै प्रधानमन्त्रीले आज सम्म यो देशमा विश्व स्तरको युनिभर्सिटी बनाउँछु भनेनन् । संसारहरुका विज्ञ प्राध्यापकहरुलाई ल्याएर विश्वका उत्कृष्ट विश्व विद्यालयहरुको दाजोमा सर्वाेत्कृष्ट युनिभर्सिटी बनाउन सकियो भने त्यस्ता जावा रेलको चिन्ता लिनु पर्छ र ?

हरेक मुलुकका मासिन पढ्न आउँछन् । आवश्यक पुर्वाधारले भरिपुर्ण टप विश्व बिद्यालय नेपालमा खोल्न सकियो भने त्यसले मुलुकलाई तिब्र गतिमा विश्व सामु परिचित गराउँछ । भारत, पाकिस्तानका विद्यार्थीहरुलाई एक अर्काको देशमा पढ्न जान अनेक समस्या छन् ।

दुई देशको राजनीतिक मुद्धाले गर्दा भारतका विद्यार्थी पाकिस्तानमा, पाकिस्ताका भारतमा मन खोलेर पढ्न जाँदैनन् । सायद बंगलादेशको पनि यी देशहरुमा केही न केही समस्या छ । तर नेपालमा त्यो लेवलको विश्व विद्यालय भयो भने कसलाई के समस्या हुन्छ र ?

सुन्दर, शान्त, प्राकृतिक श्रोतले भरपुर देश जहाँको मौसम राम्रो, भौगोलिक विविधताले भरपुर । यो देशमा त टप टप युनिभर्सिटीहरु पो बनाउनु पर्ने होइन र ? अर्को मेडिकल टुरिजमको बढ्दो संभावनालाई ध्यानमा राखेर गुणस्तरीय अस्पतालहरु बनाउनु पर्ने होइन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *