दाइजो प्रथामाथि बनाइएको चलचित्र ‘राज्जा रानी’ युट्युबमा सार्वजनिक

Videos

गत बर्षको पौष २१ गते प्रदर्शन भएको चलचित्र ‘राज्जा रानी’ युट्युबमा सार्वजनिक भएको छ । चलचित्र हिजो बिहानै युट्युबमा सार्वजनिक भएको हो ।

तराईको दाइजो प्रथामाथि बनिएको चलचित्र ‘राज्जा रानी’युट्युबमा सार्वजनिक भएको छ । गत पौष २१ गते देखी अल नेपाल प्रर्दशनमा आएको चलचित्र ‘राज्जा रानी’ हिजो बुद्धा सुब्बको युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो ।

आर्यन फिल्म प्रोडक्सन र भोर कम्पनीको ब्यानरमा निर्माण गरिएको यस फिल्मलाई रमेश पौडेल निर्मित चलचित्रमा यम थापाको कथा र निर्देशन रहेको छ । भने यो फिल्म नायिका केकी अधिकारीको डेब्यु निर्मित चलचित्र हो । बाँकेमा सम्पूर्ण छायांकन गरिएको फिल्मले एक प्रेमकथा भित्रको दाइजोलाई प्रस्तुत गरेको छ । फिल्मलाई राजकुमार र एमके पौडेलको संयुक्त लगानी रहेको थियो ।


चलचित्रमा नाजिर र केकीसँगै कामेश्वर चौरसिया, दिपक क्षेत्री, अरुण रेग्मी लगायतका कलाकारले अभिनय गरेका छन । चलचित्रको निर्माण संयोजक कलाकार निर्मल शर्मा गैडा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *