जापानबारे विदेशीहरुले गलत बुझेका १० कुरा जानकारी 

जानकारी / सुचना प्रवास समाचार

जापानको कमिक्स र एनिमि आज विश्वभरी प्रसिद्ध छ । यहाँको सुसी विश्वभर प्रख्यात खानाहरुमध्येमा पर्छ । पश्चिमा देशहरुतिर जापानलाई कुनै प्रकारको ‘वोण्डरल्याण्ड’ का रुपमा समेत लिने गरेको पाइन्छ । तर यस्ता केही गलत बुझाइहरुले जापान बसाइका बेला तपाइलाई असहज परिस्थितीको अनुभव पनि गराउन सक्छ । आजको लेखमा जापानबारे विदेशीहरुमा रहेका केही गलत बुझाइबारे जानकारी दिने प्रयास गरिएको छ ।

 

१. व्यवसायीहरुले साइडमा कपाल पारेका र चश्मा लगाएका हुन्छन्
जापान आउनुअघि जापानी व्यापारी भन्ने वित्तिकै तपाईका दिमागमा कस्तो छवी आउँथ्यो ? पक्कै पनि कपाल साइडमा पारेका र चश्मा लगाएको व्यक्ति । तर होइन । एक सय वर्ष अघिसम्म अधिकांश जापानी मानिसले साइडमा कपाल कोरेका र चश्मा लगाएका हुन्थे । सो अवधिमा जापानी सरकारले कर्मचारीतन्त्रका लागि यो स्टाइल भित्रयाएको थियो । यसलाई राम्रै स्टाइलका रुपमा सोचेर जनताहरुले पनि यसलाई अपनाएका थिए । तर आजकाल त्यस्तो हुँदैन । आजका अधिकांश जापानी व्यवासायिहरुले आफ्नो कपाललाई ‘ट्रेण्डी’ बनाएका हुन्छन् । आजकाल जापानीहरु अन्यले भन्दा भिन्दै हेयर स्टाइल राख्न मनपराउँछन् ।

२. सामुराइ र निन्जा र अब यहाँ छैनन्
जापानमा अझै पनि सामुराई र निन्जा छन् भन्ने प्रश्न कुनै विदेशीले यदि कुनै जापानीलाई सोध्यो भने उसले ‘छ तर सङ्ख्या भने घट्तै छ’ भन्ने उत्तरको अपेक्षा राख्न सक्छ । तर होइन आजको य्ुगमा सामुराई र निन्जा बाँकी छ्रैनन् । ती केबल कलाकारका रुपमा र थिम पार्कमा कष्टुमका रुपमा देख्न सकिन्छ ।

३. अधिकांश जापानीहरु कराँतेका विज्ञ हुँदैनन्
जापानमा ३० लाख कराँते खेलाडीमध्ये ब्ल्याक बेल्टको सङख्या जम्मा २ प्रतिशत छ । अर्थात हरेक १ सय जनामध्ये २ जना मात्रै ब्ल्याकबेल्ट छन् । यो सङ्ख्या धेरै नै कम संख्या हो । जापान विश्वकै सुरक्षित राष्ट्रभित्र पर्छ र यहाँ दैनिक जीवनमा मार्शल आर्टस्को आवश्यकता एकदमै कम मात्रै पर्छ । आधुनिक जापानी समाजमा मार्सल आर्टस्लाई आत्मरक्षाको साधन नभई आफ्नो दिमागी तागतलाई प्रशिक्षण दिने एक आध्यात्मिक अभ्यास मात्र हो ।

४. बुद्धिष्टहरु हरेक आइतवार मन्दिर आइतवार जाँदैनन्
क्रिस्चियनहरु हरेक आइतवार चर्च जान्छन् त्यस्तै मुस्लिमहरु पनि नियमित मस्जिद जान्छन् र प्राथना गर्छन । के जापानका बुद्धिष्टहरु हरेक आइतवार मन्दिर जान्छन्? अहँ जाँदैनन् । जापानी बुद्धिष्टहरु ‘बोन’ (आफ्ना पूर्वजको आत्मा पुजिने समय) र कोही पारिवारिक सदस्य वित्दा उसको मलामीमा भने मन्दिर या धार्मिक स्थल जान्छन् । पहिला पहिला मन्दिर भनेको समुदायको हितको एकाई र समुदायभित्र हुने धार्मिक गतिविधिको प्रमुख केन्द्र हुने गरेको थियो । नियमित मन्दिर गैरहने चलन जापानमा त्यति देख्न पाईदैन यसको अर्थ उनीहरु धर्ममा आस्था राख्दैनन् भन्ने चै कदापी होइन । जापानमा आजकाल मन्दिर दृश्य दर्शनका लागि पर्यटकको प्रमुख आकर्षणको केन्द्र भने बनेको छ ।

५. जापानमा अंग्रेजी भाषा आम भाषा होइन
आधुनिक अन्तरराष्ट्रिय समाजमा अंग्रेजीलाई आम भाषा मानिएपनि जापानमा अधिकांश मानिसहरु भने अंग्रेजी बुझ्दैनन् । उनीहरुले अंग्रेजी भाषा सहि तरिकाले उच्चारण गर्न सक्दैनन्, दोस्रो अंग्रेजी र जापानी भाषाका व्याकरणमा ठूलो भिन्नता हुन्छ र अन्त्यमा उनीहरुले जापानका सजातिय स्वभावका कारण अन्य भाषा बोल्नुपर्ने आवश्यकता पनि देखेका छैनन् । आजकल भने अंग्रेजी भाषाप्रति जापानीहरुको मोह बढ्दो क्रममा रहेको बताइन्छ ।

६. सबै जापानीहरु ओताकु हुँदैनन्
सबै जापानीहरु ओताकु अर्थात एनिमि र कमिक्सका क्रेजी हुँदैनन् । यहाँ थुप्रै गोप्य ओताकु छन् । यदि कोही जापानी साथी छ भने उसलाई उ कस्तो प्रकारको ओताकु हो भनेर पनि सोध्न सकिन्छ ।

७ .सबैले ह्वेलको मासु खाँदैनन्
अधिकांश जापानीले ह्वेल र डल्फिनको मासु कहिल्यै खाएका हुँदैनन् वा एक दमै कम खाएका हुन्छन् जापानमा डल्फिन र ह्वेलको शिकार हुने भएपनि सबै जापानीले यसको मासु खान्छन् नै भन्ने छैन । कहिँ कतै यो उपलब्ध हुन्छ तर यो जापानी खानामा धेरै प्रयोग हुने सामग्रीभित्र चाहिँ पर्दैन ।

९. गेइसा बेश्या होइनन्
अधिकांश मानिसले गेइसालाई बेश्या भनेर गलत बुझिरहेका हुन्छन् । गेइसाहरुले गीत, संगीत र र नृत्यबाट पाहूनाको मनोरञ्जन गर्छन् । तर उनीहरुले आफ्नो शरीर भने बेच्दैनन् । यो प्रकृयामा आज पनि कुनै परिवर्तन आएको छैन । याद राख्नु्स उनीहरुसँग मोलमोलाई गर्ने र छुने प्रयास गर्नुभयो भने तपाइ ठूलो समस्यामा पर्न सक्नुहुन्छ ।

१०. जापानीहरु सधैं नम्र हुँदैनन्
जापानीहरु जन्मजात निकै नम्र हुन्छन् । तर कहिलेकाहिँ त उनीहरुलाई पनि रिस उठ्नु स्वाभाविक नै हो । उनीहरु पनि हामी जस्तै साधारण मानिस नै भएका कारण अत्यधिक तनाव भएका बेला उनीहरु पनि उग्र बन्छन् । सबै जापानी सधै नम्र र शान्त रहन्छन् भने सोच्नु गलत हो ।

नेपारु डटकम बाट साभार 

Leave a Reply

Your email address will not be published. Required fields are marked *