साउदीमा जेल जीवन बिताइरहेका नेपालीहरुको सहयोगार्थ बृहत सांस्कृतिक कार्यक्रम हुदै

प्रवास समाचार

नवराज तामाङ 

साउदीमा मुस्लिमहरुको चाड ईद अल फितरमा सांगीतिक कार्यक्रम हुने भएको छ ।

इदको अवसर पारेर पारिवारिक समाज,एन मिडिया र नेपाल प्रबासी समाज साउदीको आयोजनामा साउदीको रियाद,दम्माम,हाइल लगायतको प्रमुख शहरहरुमा साउदीमा जेल जीवन बिताइरहेका नेपालीहरुको सहयोगार्थ बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको हो ।

उक्त बृहत सांस्कृतिक कार्यक्रम जुन १५ मा रियाद नेपाल पारिवारिक सामजले जुन १६ हाइलमा प्रबासी समाजले र जुन १७ मा दम्ममाको डल्लामा एनए मिडिया साउदीले आयोजना गर्ने आयोजकहरुले बताए ।आयोजक अनुसार स्थानीय कलाकारका साथै नेपालीबाट ख्यातिप्राप्त कलाकार समेत सहभागी हुने भएका छन् । आमन्त्रित कलाकारहरुमा लोक दोहोरी गायक पशुपति शर्मा लगायत महिला कलाकारहरू रहेको बताए ।

कार्यक्रमका आयोजक पारिवारिक समाजका अध्यक्ष अमृत पौडेलले बताए अनुसार गायक पशुपति शर्माको भिषा लागिसकेको र अन्य महिला कलाकार प्रकृया रहेका छन् । त्यसैगरी दम्मामका आयोजन तथा एनए मिडियाका प्रबन्ध निर्देशक रोशन एन श्रेष्ठका अनुसार साउदीमा सात वर्षपछि सांगीतिक कार्यक्रम हुनलागेका र उक्त कार्यक्रमबाट संकलित केही रकम साउदीमा जेल जीवन बिताइरहेकाका रोल्पाका दिल बहादुर घर्तीमगर र गोरखाका कुमार राना मगरलाई वितरण गर्ने बताए ।

सैलुंगअनलाइन बाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *