फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य

नेपाल समाचार

काठमाडौँ । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य क्रमश तीन तीन रुपैयाँ बृद्धि गरेको हो।

यसअघि पेट्रोलको मुल्य ११० रुपैयाँ रहेकोमा मुल्य बृद्धि भएसँगै अब पेट्रोलको मूल्य ११३ पुगेको छ। त्यसैगरी डिजेल र मट्टीतेलको मुल्य ९५ पुगेको छ।

भारतीय आयल कर्पोरेशन आईओसीले शुक्रबार नयाँ मुल्यसूची पठाएपछि निगमले मुल्य बढाएको हो। हाल मुल्य वृद्धि हुँदापनि निगमलाई मासिक रुपमा १८ करोट ६२ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ।

निगमका अनुसार अहिले पेट्रोलमा प्रतिलिटर १.५९ रुपैयाँ, डिजेलमा ३.४९ रुपैयाँ र ग्याँसमा प्रतिसिलिन्डर १३९ रुपैयाँ घाटा छ।

निमगले आन्तरिक हवाई इन्धनमा ५ र अन्तराष्ट्रिय हवाई इन्धनमा प्रतिहजार लिटरमा ७५ रुपैयाँ बढाएको छ।

आज तोकेको नयाँ मूल्यअनुसार अझैपनि भारतमा भन्दा नेपालमा पेट्रोल एक लिटरमा २२ र डिजेलमा २४ रूपैयाँ सस्तो छ।

नयाँ मुल्यसूची शनिबार राति १२ बजेबाट लागु हुनेछ।

dcnepal बाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *