रातारात भाइरल बनेका बाल गायक अशोक दर्जीको घर शिलान्यास हुँदै

भाइरल

रातारात युट्युबमा गीत गाएर भाइरल बनेका झापा दमकका बालगायक अशोक दर्जीको परिवारका लागि घर निर्माण हुने भएको छ । हाल भएको घर नजिकै अशोकको परिवारका लागी नयाँ घर बन्ने भएको हो ।

घर निर्माणका लागी १० धुर जग्गा खरीद गरिएको छ भने विहीबार घरको शिलान्यास गर्ने कार्यक्रम रहेको घर निर्माण समितिका संयोजक पूर्ण वाइबाले जानकारी गराएका छन् । करिब १० लाखको लागतमा ३ कोठे घर निर्माण गर्ने योजना रहेको पनि उनले जानकारी दिएका छन् ।

घर निर्माणका लागी देशविदेशमा रहेका नेपालीहरूले आर्थिक सहयोग गर्ने कार्य भइरहेको आर्थिक समितिका संयोजक तथा गायक टंक बुढाथोकीले जानकारी गराए ।

अशोक दर्जी घर निर्माण समितिको सचिवमा सञ्चारकर्मी जीवन चुडाल, कोषाध्यक्षमा रूपक सापकोटा, सदस्यहरूमा पत्रकार किशोर श्रेष्ठ, अन्नपूर्ण पोष्टका पत्रकार लोकनाथ रिजाल , बिबेक हिङमाङ , केदार बुढाथोकी , ममता राना लगायत रहेका छन् ।

समितिले अशोकको परिवारका लागी उचित व्यवस्थापन गर्ने उद्देश्यले जग्गाको खोजी गरि घर निर्माण गर्न लागेको संयोजकले जानकारी गराएका छन्। यसका लागी देशविदेशमा रहेका नेपालीहरूसँग सहयोगको अपिल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *