ब्रसेल्समा गणतन्त्र दिवस मनाईयो

प्रवास समाचार

बेनेलक्स (बेल्जियम) — नेदरल्यान्ड, लक्जेम्बर्ग र युरोपीयन युनियनका लागि नेपाली दुताबासको कार्यालय ब्रसेल्सले बुधबार गणतन्त्र दिवस मनाएको छ ।

दुतावासको चान्सरी एभिन्यू ब्रुग्म्यानस्थित कार्यालयमा सम्पन्न गणतन्त्र दिवसमा बेनेलक्सभित्र रहेका विभिन्न नेपाली राजनीतिक, सामाजिक, धार्मिक तथा जातीयलगायत संघसंस्थाका पदाधिकारीहरुबीच शुभकामना आदानप्रदान गरिएको थियो ।

सो अवसरमा राजदुत लोक बहादुर थापा, गैर आबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्की सचिव जानकी गुरुङ र बेल्जियम् एनआरएनएका अध्यक्ष लोकप्रसाद दाहालले गणतन्त्र दिवस बारे चर्चा गरेका थिए । कार्यक्रम सञ्चालन दुताबासका डेपुटी चिफ अफ मिसन सुधिर भट्टराईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *