जसले एउटै फिल्मबाट लिए ७ अर्ब २६ करोड पारिश्रमिक

कला/मनोरन्जन विश्व

एजेन्सी: हलिउडका अभिनेता डेनियल क्रेगलाई जेम्स बोन्डको भूमिकाका लागि अर्बौँ रुपैयाँ पारिश्रमिक दिन लागिएको छ । यो पारिश्रमिक यति धेरै छ कि जति पैसा सलमान खान, शाहरुख खान र आमिर खानको पुरै फिल्मले पनि कमाउन सकेका छैनन् ।

हो तपाईँले सुन्नुभएको एकदम सत्य हो । कलाकार डेनियल क्रेगलाई जेम्स बोन्ड सिरिजको आगामी फिल्मका लागि ५ करोड पाउन्ड अर्थात् लगभग ७ अर्ब २६ करोड रुपैयाँ पारिश्रमिक मिल्ने भएको छ ।

जति डेनियल क्रेगले एकै फिल्मका लागि पारिश्रमिक लिएका छन् त्यति नै बलिउडका कुनै पनि फिल्मले आम्दानी गर्नु अहिलेका लागि असम्भव जस्तै छ।

यो पारिश्रमिकलाई पनि स्वभाविक मानिएको छ। किन भने जेम्स बोन्ड विश्वभरको सबैभन्दा चर्चित जासुस हो र उसको एक्सन साँच्चिकै कमालको छ ।

समाचार अनुसार डेनियल क्रेगलाई ‘स्पेक्टर’ का लागि ३.७ करोड पाउन्ड पारिश्रमिक मिलेको थियो । डेनियल क्रेगको पारिश्रमिकबारेको समाचार बेलायतको चर्चित पत्रिका डेली मेलले छापेको छ ।

फिल्म करिब २ घण्टा २० मिनेटको हुनेछ । उनको पुरा पारिश्रमिकलाई विभाजन गर्ने हो भने ५० वर्षीय कलाकारका लागि स्क्रिन टाइमको प्रतिमिनेट ३,५७,०० पाउन्ड पारिश्रमिक मिल्नेछ । फिल्मको सुटिङ्ग पाँच महिनासम्म चल्नेछ । यो फिल्मको सुटिङ डिसेम्बरबाट हुने बताइएको छ । यो फिल्म सन् २०१९ सेप्टेम्बर या डिसेम्बरमा रिलिज गरिने योजना छ ।

यसअघि डेनियल क्रेगले जेम्स बोन्डको भूमिमा गर्नु भन्दा बरु आफ्नो हातको नशा काट्न तयार रहेको बताएका थिए । यसअघि ‘स्पेक्टर’सँग एकदमै थाकेको अनुभव रहेपछि उनले यसो भनेका थिए ।

ओस्कर बिजेता निर्देशक डेनियल बोयललाई यस फिल्मको निर्देशनका लागि ७० लाख पाउन्ड पारिश्रमिक तोकिएको छ। सबैभन्दा रोचक कुरा त के छ भने जेम्स बोन्डको भूमिका निभाएका शान कोनेरीलाई जेम्स बोन्डको छ फिल्मबाट ७० लाख पाउन्ड पारिश्रमिक मिलेको थियो ।

डेनियल क्रेगको यो फिल्म जेम्स बोन्ड पाँचौँ फिल्म हुनेछ । यसअघि ‘क्यासिनो रोयाल (२००६)’, ‘द क्वान्टम अफ सालस (२००८)’, ‘स्काईफल (२०१२)’, ‘स्पेक्टर (२०१५)’ मा उनी देखिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *